माल्दीभसको सौन्दर्य तस्वीरमा

जेठ १, काठमाडौं–कुनै पनि मुलुकको सम्बन्ध विस्तार गर्न भेटघाट र वार्ताले मात्रै पुर्ण हुँदैन । यहिँ मान्यताका साथ माल्दीभस चेम्बर्स अफ कर्मस र सार्क चेम्बर्स आफ कर्मसले नेपालमा फोटो प्रर्दशनी गरेका छन् ।

बबरमलस्थित नेपाल आर्ट काउन्सीलमा बुधबार र बिहिबारका लागि उनीहरुले माल्दीभसको सौन्दर्य झल्कने फोटो प्रर्दशनी गरेका हुन् ।
समृन्द्री तट, माछा मारेको दृश्य, नरिवल खेति लगायत माल्दीभसको व्यवसायिक र पर्यटकीय अवस्था झल्कने विभिन्न फोटो प्रर्दशनीमा देख्न सकिन्छ । माल्दीभसका फोटोपत्रकार अली निशानले खिचेका ३० फोटो ‘ब्युटि अफ द माल्दीभस’ शिर्षक प्रर्दशनीमा राखिएका छन् ।

सार्क चेम्बर अफ कर्मसका अध्यक्ष स्माइल आसिफले नेपाल र माल्दीभसको पर्यटकीय एवं व्यापारिक सम्बन्ध विस्तार गर्न फोटो प्रर्दशनी गर्न आवश्य ठानेको बताए । उनले नेपालमा पनि अत्यन्त अमृल्य प्राकृतिक सौन्दर्य रहेको र यसको प्रचार प्रसारको कमी रहेको बताए । उनले मिटिङ र भेटघाटले मात्रै व्यक्तिगत सम्बन्ध विस्तार गर्छ भने यसरी कला प्रर्दशनीले राष्ट्रबिचकै सम्बन्ध सुमधुर पार्ने बताए ।