पहिचानसहितको सङ्घीय संविधान : अध्यक्ष दाहाल

वैशाख ३१, काठमाडौ–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताउनुभएको छ । किराात राई यायोक्खा ललितपुरद्धारा आयोजित उभौली साकेला पर्वको सुभारम्भ गर्दै उहााले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने संविधान आउनुपर्नेमा जोड दिनुभयो । नेपालभरि छरिएर रहेका सबै जातजातिका लागि विगतमा समान व्यवहार नभएको धारणा राख्दै सबै क्षेत्रमा बसोबास गर्ने नेपालीको जाति, धर्म, भाषा, संस्कृति पहिचानका निमित्त राज्यले समान व्यवहार गर्नुपर्नेमा उहााले जोड दिनुभयो । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सबै क्षेत्रको प्रतिनिधित्व हुने किसिमको संविधान मात्र दिगो हुने बताउनुभयो ।