वैशाख ३१,धनगढी– एनपिएल क्रिकेट नेपाल प्रिमियर लिगअन्र्तगतको वान–डे क्रिकेट प्रतियोगिता आजबाट सुदूरपश्चिमको धनगढीमा सुरु हुादै छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने झााकीसहितको उद्घाटन समारोहको आयोजना गरिएको छ । उद्घाटनका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव युवराज लामा धनगढी पुगिसकेका छन् । प्रतियोगितामा ६ वटा टिम सहभागी छन् । प्रतियोगितामा विशाल वारियरको नेतृत्व पारश खड्काले लिनेछन् भने सगरमाथा लिजेन्टलाई विनोद भण्डारीले समाल्ने छन् । त्यस्तै, कलर एक्स फयाक्टरको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्दा पञ्चकन्या तेजलाई सरद भेष्वाकरले सम्हाल्ने छन् । कान्तिपुर गोरखाज वसन्त रेग्मीको कप्तानीमा हुादा जगदम्बा जाइन्स टिमलाई शक्ति गौचनले समाल्ने छन् । आजको उद्घाटन खेलमा विशाल वारियर्स र सगरमाथा लिजेन्डबीच प्रतिष्पर्धा हुने छ । नेपालमै पहिलो पटक आयोजना गरिएको एनपिएल विवादरहित भने हुन सकेन । नेपाल क्रिकेट संघ क्यान प्रतियोगिताको आयोजकबाट बाहिरिएपछि जोहोरा स्पोर्टस म्यानेजमेन्टको व्यवस्थापनमा मात्रै प्रतियोगिता सञ्चालन हुने भएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।