वैशाख ३१, काठमाडौ–नाइजेरियाको विद्राही संगठन बोकोहरामले अपहरण गरेका छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहााका अधिकारीहरुले बताएका छन् । नाईजेरिया सरकारका एक मन्त्री तनिमु तुराकीले बोको हरामले आफ्ना साथीहरुको रिहाइ गरेपछि अपहरित छात्राहरुलाई छोड्ने बताएकाले त्यसका लागि वार्ता अगाडी बढाइने बताएका छन् । पश्चिमी शिक्षाको विरोध गर्दै आएको बोको हरामले आफ्ना केही कमाण्डरहरुलाई सरकारले मुक्त गरे छात्राहरुलाई छोड्न तयार रहेको बताएको ती मन्त्रीले जानकारी दिए । बोको हरामले चार हप्ताअघि नाइजेरियाका करिब २ सय स्कुले किशोरीहरुलाई अपहरण गरेको थियो । तीमध्ये कतिपय किशोरीहरु भागेर घर फर्किसकेका छन् भने बााकी किशोरीहरुलाई बोकोहरामले इस्लाम बनाएर एक भिडियोमार्फत सार्वजनिक गरेको थियो । भिडियोमार्फत सार्वजनिक गरिएका किशोरीहरुको पहिचान भैसकेकाले उनीहरुलाई छुटाउनका लागि पहल भैरहेको नाइजेरियाको सुमे बोर्नो प्रान्तका गभर्नर कासिम शेट्टीले जानकारी दिएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व