आइपिएल क्रिकेट भारतमा जारी, आज पनि २ वटा खेल हुने

वैशाख ३१, काठमाडौ–आइपिएल क्रिकेट प्रतियोगितअन्तर्गत आज पनि २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार दिउसो सवा ४ बजेपछि सुरु हुने खेलमा किङ्स इलभेन पञ्जाब र सनराइजर्स हैदराबाद भिड्ने छन् । १४ अंकसहित दोस्रो स्थानमा रहेको पञ्जाब आजको खेलमा विजयी हुादै फेरि शीर्ष स्थानमा उक्लन प्रयास गर्ने छ । त्यसैगरी, राति सवा ८ बजे कोलकाता नाइटराइडर्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।