टर्की कोइलाखानीमा दुर्घटना, १ सय ६६ जनाको मृत्यु

वैशाख ३१,काठमाडौ–टर्कीको पश्चिमी सहर सोमास्थित एक कोइला खानीमा भएको दुर्घटनामा १ सय ६६ जनाको मृत्यु भएको छ भने ७५ कामदार घाइते भएका छन् । दुर्घटनामा ३ सय भन्दा बढी कामदार हराइरहेका छन ।
टर्कीका ऊर्जामन्त्री तानेर यिलजिदले एक टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै दुर्घटनाको समयमा उक्त कोइला खानीमा ७ सय ८० जना कामदारले काम गरिरहेको र तीमध्ये २ सय जनालाई कुशलतापूर्वक बाहिर निकालिएको तथा घाइतेहरुको उपचार भैरहेको बताएका छन् । काम गरिरहेको समयमा कोइलाखानीभित्र विष्फोट भएको अधिकारीहरुको भनाइ छ । विष्फोटपछि कोइलाखानीको मुख बन्द भएको छ । भित्र फसेका मजदुरहरुलाई बाहिर निकाल्ने प्रयास भैरहेको छ भने भित्र अक्सिजन पठाइएको छ । अधिकारीहरुका अनुसार विद्युत सर्टभई कोइलाखानीमा विष्फोट भएको हो । सन् १९९२ मा पनि टर्कीमा भएको यस्तै दुर्घटनामा २ सय ७० कामदारको मृत्यु भएको थियो ।