छ हजार अवैध कुखुराको चल्ला बरामद

वैशाख ३१, सर्लाही –भारतबाट अवैधरुपमा नेपाल ल्याइादै गरेको करिव ६ हजार कुखुराका चल्ला सशस्त्र प्रहरीले सर्लाहीमा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको हरिवनस्थित सुरक्षा वेश क्याम्पले कुखुराको चल्ला बरामद गरेको हो । विशेष सुरााकीको आधारमा पिकअप भ्यानमा लुकाएर ल्याइरहेको अवस्थामा चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक प्रमोद सिंहले जानकारी दिनुभयो । चल्ला ल्याउन प्रयोग गरिएको ग १ च ५७१५ नम्बरको पिकअप भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।