माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाइ रिहाइको माग

वैशाख ३१, काठमाडौ–नेकपा–माओवादी ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोगमा माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरेको चोविस घण्टा नपुग्दै नेकपा–माओवादीले विरोध जनाएको छ ।
उसले सत्य निरुपण तथा मेलमिलाप विधेयकको मूल्य र मान्यताविपरित गौतमलाई पक्राउ गरिएको भन्दै नेकपा–माओवादीले तत्काल रिहाइको माग गरेको छ ।
नेकपा–माओवादी प्रवक्ता पम्फा भुषालले विज्ञप्ति जारी गरी सरकारको यस कदम तत्काल खारेज गरी शान्ति सम्झौता र कानुनी मान्यताको पालना गर्न गराउनसमेत माग गरिएको छ । श्रेष्ठ हत्याको अभियोगमा जन्मकैदका सजाया सुनाइएका गौतमलाई प्रहरीले हिजो काठमाडौंको बागबजारबाट पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको थियो । सोही अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एकीकृत माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल भने अझै फरार रहेका छन् । प्रहरीले ढुंगेलको पनि खोजी भइरहेको जनाएको छ ।