लोडसेडिङ दैनिक २ घण्टा कटौती

वैशाख ३१, काठमाडौ–नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुनेगरी दैनिक दुई घन्टाले लोडसेडिङ घटाएको छ ।
नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशयको पानी सञ्चितिलाई अधिकतम् सदुपयोग गर्दै थप दुई घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणको प्रसारण महाशाखाले जनाएको छ । प्राधिकरणको नयाा तालिका अनुसार अब सातामा ७० घन्टासम्म लोडसेडिङ हुने छ । प्राधिकरणले यसअघि सातामा ८४ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।