न्यायाधीशका बारेमा कानुनविद्हरुसाग एमालेको छलफल हुने

वैशाख ३१, काठमाडौ–नेकपा एमालेले आज न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशका बारेमा कानुनविद्हरुसाग छलफल गर्ने भएको छ । विवादित न्यायाधीशहरुलाई अनुमोदन गर्ने पक्षमा उभिादा पार्टीको छबी नै धुमिल हुने धारणा पार्टीमा उठेपछि एमालेले पार्टी निकट कानुनव्यवसायीहरुसाग छलफल गर्न लागेको हो । एमालेको शीर्ष तहमा पनि सिफारिसमा परेका न्यायधीशलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद देखिएको छ । आजको छलफलबाट एमालेले आफ्नो धारणा बनाउने तयारी गरेको स्रोतले जनायो । एमालेमा सिफारिस अनुमोदन हुन नदिन नेतृत्वमाथि दबाब परेको छ । सिफारिसका विषयमा छलफल गर्न सुनुवाइ समितिले आगामी आइतबार बिहान न्यायपरिषदका सदस्यहरुलाई बोलाएको छ ।