नाइजेरिया सरकारद्धारा विद्रोही बोको हरामको सर्त अस्विकार

वैशाख ३०, काठमाडौ–नाइजेरिया सरकारले अपहरण परेका २ सय भन्दाबढी बालिका छुटाउनका लागि विद्रोही बोको हरामले राखेको सर्त अस्विकार गरेको छ । बोको हरामले एक नयाा भिडियो सन्देश प्रकाशितगर्दै, सरकारी जेलमा रहेको आफ्ना लडाकु रिहा गरिएमात्रै गएको अप्रिल १४ देखि आफ्नो नियन्त्रणमा रहेका बालिकालाई छोड्ने जनाएको थियो । यसैबीच ह्वाइट हाउसले अपहरणमा परेका बालिकाहरुलाई छुटाउने प्रयास जारी रहेको बताएको छ।