मदिरा सेवनकै कारण प्रत्येक बर्ष ३३ लाखको मृत्यु

वैशाख ३०, काठमाडौ–प्रत्येक बर्ष ३३ लाख मानिसको मदिरा सेवनकै कारण ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनल सार्वजनिक गरेको छ । विश्वमा मदिरा सेवनकै कारण प्रति १० सेकेन्डमा हाल एक व्यक्तिको मृत्यु हुने गरेको छ । यो संख्या एड्स, क्षयरोग तथा हिंसाका कारण जीवन गुमाएका व्यक्तिहरूको सङ्ख्या भन्दा धेरै रहेको जनाइएको छ । विश्वमा मदिरा उपभोगको मात्रा बढिरहेको भन्दै, डब्लु.एच.ओले, मदिरा सेवन गरी सवारी हाक्दा हुने दुर्घटना, मदिराको कारण भएका हिंसा तथा दुव्र्यवहार तथा मदिराका कारण लाग्ने रोग तथा शारीरिक कमजोरीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको समेत जनाएको छ ।