काठसहित पक्राउ परेका बालबालिका चार दिनदेखि हिरासतमा

वैशाख ३०, सुर्खेत– जिल्ला वन कार्यालय सुर्खेतले अवैध रुपमा काठ ओसारपसार गरिरहेको भन्दै तीन बालबालिकालाई चार दिनदेखि हिरासतमा राखेको छ ।
इलाका वन कार्यालय छिन्चुले गत शनिबार काठसहित उनिहरुलाई पक्राउ गरेका हो ।
तीन बालबालिकासहित १० जनालाई सशस्त्र वन रक्षक पोस्ट कााक्रेविहारको हिरासतमा राखेको छ । हिरासतमा राखिएका बालबालिकामा लेखपराजुल–२ का नरेन्द्र तिरुवा र सोही स्थानका दीपक शर्मा १३ वर्षका हुन् भने सोही स्थानका १२ वर्षका हरि विक रहेका छन् । जिल्ला वन कार्यालयले पटकपटक यस्ता बालबालिका र महिलाहरुलाई काठ ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरे पनि उनीहरुले आफूहरु तस्कर नभई बााच्नका लागि काठ ओसारपसारमा संलग्न हुने गरेको बताएको जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाले बताउनुभयो ।