बैतडीको एक विद्यालयमा मोवाईल बोक्न प्रतिबन्द

वैशाख ३०, बैतडी –अध्ययनमा वाधा पुऱ्याएको भन्दै बैतडीको एक विद्यालयले विद्यार्थीलाई मोवाई फोन बोक्न प्रतिवन्ध लगाएको छ ।
हटैराज गाविस वडा नं. ४ स्थित उच्चाकोट माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय समयभित्र मोवाइल बोक्न प्रतिवन्ध लगाइएको हो । विद्यार्थीहरुको ध्यान पढाईभन्दा पनि मोवाइलमा बढी जाने भएकाले सो नियममा कडाई गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले मोवाइल वोकेको भेटिएमा पहिलो चोटी चेतावनी मात्रै दिने, दोस्रो चोटी भेटिएमा कडा कार्वाही गरिने प्रधानाध्यापक मोहन वहादुर चन्दले जानकारी दिनुभयो ।