सहकारी प्रतिवेदन सरकारलाई बुझाउादै, ठगलाई २० बर्ष सजायको प्रस्ताव

वैशाख ३०, काठमाडौ–समस्याग्रस्त सहकारीको छानविन गर्न गठित आयोगले मंगलवार प्रतिवेदन वुझाउने भएको छ । गौरीबहादुर कार्कीको संयोजगत्वमा गठन भएको आयोगले ६ महिना लामो अध्यनपछि प्रतिवेदन तयार गरेको हो ।
सहकारीमा ठगी गर्नेलाई २० बर्ष जेल सजाय गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन आयोगले गरिबी निवाबरण मन्त्रालय समेत सम्हाल्नुभएका प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउनेछ । आयोगले सहकारीमा ५० करोडभन्दा बढी ठगी गर्नेलाई २० बर्ष सजाय हुने ब्यवस्था ऐनमै गर्न प्रस्ताव गरेको छ । आयोगले तयार गरेको मस्यौदामा कानून कमजोर भएका कारण नै सहकारीमा ठगी बढ्दै गएको निस्कर्ष निकालिएको छ । प्रतिवेदन दिउासो २ बजे बुझाइएने छ । सामान्य ढंगले निक्षेप फिर्ता हुन नसक्ने भन्दै आयोगले सरकारको संरचना प्रयोग गरी निक्षेपकर्ताको निक्षेप फिर्ताका लागी पहल गर्न सरकारलाई सुझब समेत दिने भएको छ ।