अभिलेख अध्ययन समितिको प्रतिवेदन संविधानसभामा छलफल हुने

वैशाख ३०, काठमाडौ–संविधान सभाको बैठक मंगलबार सविधानसभा भवन नया वानेश्वरमा वस्दै छ । दिउसो तीन वजे वस्ने १५ औं वैठकमा अघिल्लो संविधानसभा छलफल भएका र संबैधानिक अभिलेख अध्ययन तथा निक्यौल समितिले तयार पारेका दुई वटा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।
आजको बैठकमा समितिका सभापति विष्णु पौडेलले प्रतिवेदन पेश गर्नुहुने संविधानसभा सचिवालयले जनाएको छ । प्रतिवेदनमाथी संविधानसभामा पााच दिनका दरले छलफल गर्ने सचिवालयले जनाएको छ । संविधानसभामा छलफलगरी सहमति भएका बिषय मस्यौदा समिति र सहमति नभएका बिषय राजनीतिक संवाद समितिमा पठाउने छ । आज पेश भएका प्रतिवेदनमा आगामी विहिबारबाट छलफल हुने भएको छ । संविधानसभा बैठक दिउसो ३ बजेको लागि बोलाइएको छ ।