एमाओवादी नेता भट्टराई आज स्वदेश फर्कदै

वैशाख ३०, काठमाडौ–नेकपा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई चीन भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । निजी भ्रमण भनिएपनि चिनियाा अधिकारी साग भेटवार्ता गर्न व्यस्त रहनु भएका भट्टराई अहिले केहि समयमा विमानस्थलमा आइपुग्नु हुने छ । भट्टराई अहिले केहि बेरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने उहााका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिनु भयो । विमानस्थलमा उत्रिन्ने वित्तीकै पत्रकार सम्मेलन गरी आफ्नो भ्रमण र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक पार्टीभित्र चलाइरहेको छलफल बारे धारणा सार्वजनिक गर्नु हुने बताईएको छ । विराटनगरमा भएको एमाओवादीको राष्ट्रिय सम्मेलनमा कुनैपदमा बस्न अस्वीकार गरेपनि उहााका निकटस्थहरु केहीले पद लिइसकेका छन् ।