आईपिएलमा हैदरावाद र मुम्वई भिड्दै

वैशाख २९, एजेन्सी– इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज सन राईजर्स हैदरावाद र मुम्वई इन्डियन्सबीच प्रतिस्पर्धा हुादैछ । जारी प्रतियोगितामा ८ खेलबाट ८ अंक जोडेको हैदरावाद पााचौ स्थानमा छ । समान खेलबाट ४ अंक मात्रै बनाएको मुम्वई पुछारबाट दोस्रो स्थानमा छ । खेल वेलुका सवा ८ वजेपछि राजिवगान्धी स्टेडियमा हुनेछ । प्रतियोगिता अन्र्तगत गएराती भएको खेलमा राजस्थानले रोयल्सले रोयल च्यालेन्जर्स वैंग्लौरलाई ५ विकेट पराजित गर्दै तेस्रो स्थानमा यथावत छ । हारसंगै वंग्लौर छैठौ स्थानमा छ । जितका लागि वैंग्लौरले दिएको १ सय ९१ रनको चुनौती राजस्थानले ७ वल वााकी छादै पुरा गरेको थियो ।