कम क्षेत्रफलमा धेरै धान उत्पादन बढ्यो

वैशाख २९, दाङ–दाङमा यस वर्ष कम क्षेत्रफलमा वढी धान उत्पादन भएको छ । पोहोर भन्दा ८० हेक्टर कम क्षेत्रफलमा धान रोपिएपनि उत्पादन भने ४ सय ७४ मेट्रिकटनले बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा जिल्लामा जम्मा १ लाख ५५ हजार ८ सय १९ मेट्रीकटन धान उत्पादन भएको थियो भने चालू आर्थिक बर्षमा १ लाख ५६ हजार २ सय ९३ मेट्रीकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत सृजना तिमील्सिनाले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०६९/०७० मा जिल्लामा जम्मा ३८ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने गएको आर्थिक बर्षमा ३८ हजार १ सय २० हेक्टरमा मात्रै धान रोपिएको योजना अधिकृत तिमील्सिनाले बताउनुभयो ।