वुधवार देखि लोडसेडिङ घट्ने

वैशाख २९,काठमाडौ–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि साताको १४ घण्टा घटाउने भएको छ । भइरहेको लोडसेडिङमा अव वुधवार देखि दैनिक २ घण्टा कम हुनेछ ।
यसअघि सातामा ८४ घण्टा हुदै लोडसेडिङ हुदै आएको थियो । अव आउदो बुधबारदेखि हप्ताको ७० घण्टामात्रै हुने प्राधिकरणले जनाएको छ । नदीको वहावमा निरन्तर सुधार आएको, सुर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशयमा पानीको संचिती बढेकाले लोडसेडिङ घटाउन लागिएको प्राधिकरणले जनाएको छ । यसको प्रभावले अब हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत कटौती हुने छ ।