साहलाई सिरहा कारागारमा आज पठाउने

वैशाख २९, जनकपुर– जनकपुर बम काण्डका मुख्य आरोपी सभासद सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले आज सिरहा कारागार पठाउने भएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश लोकजङ्ग शाहले हिजो दिनु भएको आदेश अनुसार आरोपी शाहलाई सिरहा कारागार पठाउने भएको हो ।
यस अघि बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधिश कैलास केसीको इजलासले साहलाई पूर्पक्षका लागि थुनामा राख्न भन्दै महोत्तरीको जलेश्वर कारागारमा राख्न आदेश दिएको थियो । तर महोत्तरी कारागारले सुरक्षाका कारण देखाउादै साहलाई राख्न नसकिने बताएपछि सिरहा कारागर पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पाचजनाको ज्यान जानेगरी जनकपुरमा भएको वमकाण्डमा शाहलाई मुख्य भुमिका खेलेको आरोप लगाइएको छ ।