पत्रकार महासङ्घको नया नेतृत्वलाई एमाओवादी सम्मान

वैशाख २८, काठमाडौ– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई एकीकृत नेकपा (माओवादी) ले शनिवार सम्मान गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडााडामा आयोजित कार्यक्रममा एमाओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतृत्वले खाादा ओढाएर सम्मान गर्नुभएको हो ।
एमाओवादीले सफल कार्यकालको शुभकामनासहित शान्ति, लोकतन्त्र र अग्रगामी संविधान निर्माणका लागि केन्द्रित भएर अगाडि बढ्न समेत आग्रह गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष दाहालले राजनीतिक सङ्क्रमणका बेलाको यो नयाा कार्यसमितिले नयाा संविधान निर्माण र जनताका अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहााले विगतमा पनि परिवर्तनका पक्षमा नेपाली पत्रकार र विशेषत: पत्रकार महासङ्घको महत्वपूर्ण भूमिका भएको स्मरण गर्दै नयाा संविधानमा जनताका अधिकार सुनिश्चित गर्ने भूमिका खेल्न महासङ्घलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष डा महेन्द्र विष्टले आफूहरु प्रेस स्वतन्त्रता र व्यावसायिक विषयलाई केन्द्रमा राखेर कार्य गर्ने बताउनुभयो । उहााले वर्तमान राजनीतिक सङ्क्रमण चााडै अन्त्य गर्न सबै राजनीतिक दलसाग आग्रह पनि गर्नुभएको थियो ।