रिडीमा तीनपाखे झोलुङ्गे पुल निर्माण हुदै

वैशाख २८, काठमाडौ–स्याङ्जा, पाल्पा र गुल्मीको सङ्गम रिडीमा तीनपाखे झोलुङ्गे पुल स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले निर्माण गर्ने भएको छ । नेपालमा दुईपाखे मात्र झोलुङ्गे निर्माण हुादै आएकोमा सम्भवत: यस्तो खालको पुल दक्षिण एसियामा नै पहिलो पटक बन्ने विभागले जनाएको छ ।
विभागका महानिर्देशक भीमप्रसाद उपाध्यायले दिनुभएको जानकारीअनुसार सो पुल ६०० मिको लम्बाइको हुनेछ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान भइसकेको छ ।
यो पुलमा आवतजावत वाहेक अन्य सुविधा पनि राखिनेछन । कालीनदीमाथि रिडीमा बन्ने पुलमा साहसिक हामफाल्ने खेल (बन्जी) समेतको सुविधा रहने छ । पुलबाट ऐतिहासिक तथा धार्मिक पवित्रस्थल रिडीमा दर्शन तथा स्नान गर्न जाने भक्तजनलाई विशेष सुविधा हुनेछ ।
कालीगण्डकीको रिडीलाई हिन्दूको ठूलो पवित्रस्थल मानिन्छ । यस सेरोफेरोमा ऋषिकेश,महादेव र गायत्री मंदिर पनि रहेका छन । बिर्सेनि लाखौा भक्तजन कालीगण्डकीमा स्नान गर्न र मंदिरको दर्शन गर्न जाने गर्छन् । साथै सो क्षेत्र वरिपरिका करिब ९० हजारभन्दा बढी जनतालाई आवतजावत गर्न सुविधा हुनेछ ।