मैनहियामा पनि पूर्णखोप

बैशाख २७,रूपन्देही–सन् २०१७ सम्ममा रुपन्देहीलाई पूर्ण खोययुक्त जिल्ला बनाउने अभियान तिव्र पारिएको छ । यसैक्रममा शनिबार मैनहिया गाविसलाई एक समारोहका विच पूर्णखोप गाविस घोषणा गरिएको छ ।
सभामा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य प्रशासक ऋषिप्रसाद लामिछानेले पूर्ण खोप बनाउने अभियान निरन्तर चलिरहने बताउदै अब जन्मने बच्चालाई खोप दिएर अभियान दिर्घकालिन बनाउन जोड दिनुभयो । मैनहियामा रहेका १ सय ३५ जना वालवालिकालाई दिइनुपर्ने सवै खोप दिएपछि पूर्णखोप गाविस घोषणा गरिएको हो ।