सरकार चलाउनका लागि सहयोग गर्न दलसाग प्रमको अपिल

वैशाख २७, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षसम्म सरकार सञ्चालनका लागि सहयोग गर्न सबै दललाई अपिल गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाईटीको २३ औं केन्द्रिय महाधिवेशनको सिरहामा सुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले एक वर्षसम्म सरकार चलाउन सजिलो भए संघीय लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । यो पटक पनि संविधान नबने मुलुक ठुलो भूमरीमा फस्ने भन्दै प्रधानमन्त्री कोइरालाले सबै दल एक भए मात्रै देशले संविधान पाउने र शान्ति कायम हुने बताउनुभयो ।