वनकट्टीमा भीषण आगलागी, ६० घर गोठ जलेर

वैशाख २७, दाङ– दाङको राजपुर–९ वनकट्टीमा आगलागी हुादा ६० घर गोठ जलेर नष्ट भएका छन् । स्थानीय वीरबहादुर सुनारको घरबाट सल्केको आगोले त्यहााका ६० घर तथा गोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहायताले आगो निभाउन सुरु गरेपनि अहिलेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा नआइसकेको प्रजिअ पन्थको भनाइ छ । आगलागीबाट ४० घरपरिवार पूर्णरुपमा विस्थापित भएका छन् ।आगलागीबाट मानवीय क्षति केही नभए पनि अन्नपात, चौपाया, लत्ताकपडालगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी पीडितलाई नजिकैको विद्यालयमा राखिएको छ । क्षतिको विस्तृत विवरण आउन अझै बााकी छ ।