रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा

वैशाख २६, सिरहा – नेपाल रेडक्रस सोसाइटीको ४३ औ महाधिवेशन सिरहाको लाहानमा सुरु हुने भएको छ ।
महाधिवेशनको उद्घाटन आज अपराह्न्न प्रधानमन्त्री शुशिल कोइरालाले गर्दै हुनुहुन्छ । कार्यक्रममा देशभरका करिब ३ सय ५० प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने सोसाइटीका केन्द्रिय अध्यक्ष संजय थापाले जानकारी दिनुभयो । महाधिवेशनमा बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक लेखा परिक्षण प्रतिवेदनको समीक्षा गसरने छ । साथै आगामी १ बर्षको कार्यक्रम तथा बजेट तय गरीने थापाले बताउनुभयो । महाधिवेशन दुई दिन सम्म संचालन हुनेछ ।