वैशाख २५, नवलपरासी– विभिन्न संघ संस्थाहरुको नाउंमा जिल्लाको खजुरा खोलाबाट अनियन्त्रितरुपमा नदीजन्य वस्तुको चोरी निकासी भईरहेको भन्दै नवलपरासीका स्थानियवासीले नियन्त्रणका लागि सम्बन्धित निकायसाग माग गरेका छन् । स्थानिय आमा समूह, क्लबलगायतको नाउाबाट भवन निर्माणका लागि भन्दै प्रहरीको मिलमतोमा खोलाबाट अनियन्त्रितरुपमा ढुगां, बालुवा र गिट्टीको चोरी निकासी हुन थालेको स्थानियको भनाइ छ । चोरी निकासी नियन्त्रण बढ्दै गएको भन्दै उजुरी आएपछि नियन्त्रण गरि कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको स्थानिय विकास अधिकारी रामुराज कडरियाले बताउनुभयो । कडरियाका अनुसार—चोरी निकासी रोक्न स्थानियवासीहरु पटक पटक डेलिकेशन आएको र नियन्त्रणका लागि प्रहरी कार्यालयमा पत्रचार गरेपनि वास्ता नगर्दा समस्या आएको छ । नदीजन्य वस्तु निकाल्दा वर्षायाममा गाउा डुबानमा पर्दै गएको जनाउदै स्थानियबासीले ठेक्का नलगाउन अनुरोध गरेपछि गएको वर्षदेखि सो खोलासागै तीन वटा खोलामा जिल्ला विकास समितिले ठेक्का लगाउन रोकेको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी