अव नगरपालिकाको संख्या १ सय ३०

बैशाख २५, काठमाडौं–सरकारले देशभर नगरपालिकाको संख्या वढाएको छ । हालसम्म ५८ नगरपालिका रहेकोमा अव १ सय ३० पुर्‍याएको छ । आज वसेको मन्त्रीपरिषदको बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्‍याएको हो ।
आज बसेको बैठकले थप ७२ वटा नगरपालिका गठन र सञ्चालनको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्रर रिजालले जानकारी दिनु भएकोछ ।