तेश्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियन सिप काठमाडौमा

वैशाख २५, काठमाडौ–तेश्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप यही वैशाख ३० गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा)को कार्यक्रम अनुसार नेपाल बास्केटबल संघले आयोजना गर्ने प्रतियोगितामा दक्षिण एसियाका ५ राष्ट्र सहभागी हुनेछन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले राउण्ड रोबिन लिगको आधारमा खेल्नेछन् । पाकिस्तान र अफगानिस्तानले प्राविधिक कारणले सहभागिता नजनाउने भएका छन् भने अर्को मुलुक भुटानले आन्तरिक कारणा देखाउदै अन्तिम समयमा आएर नाम फिर्ता लिएको छ । सन् २००१ मा भारतमा भएको पहिलो साबा च्याम्पियनसिप आयोजक भारतले जितेको थियो भने यसको १२ वर्षपछि २०१३ मा बंगलादेशमा भएको प्रतियोगिता आयोजक बंगलादेशले नैं जितेको थियो । यसपटक नेपालमा हुने प्रतियोगितामा कम्तिमा दोश्रो स्थान हासिल गर्ने नेपालको लक्ष्य रहेको छ । प्रतियोगिताको लागि नेपाली टोली पनि घोषण गरिएको छ । राजिव जोशीको कप्तानीमा रहेको टोलीमा सदिस प्रधान, विक्रम जोशी, विनोद महर्जन, विनोद श्रेष्ठ, युत्त रामभत्त माथेमा, सुब्रत राजोपाध्याय, असिम श्रेष्ठ, रोहित लामा, सुशिल गुरुङ, सञ्जय व्यञ्जनकार र विजय बुर्जा रहेका छन् ।