युक्रेनमा हुन लागेको राष्ट्रपतीको निर्वाचनलाइ पुटिनको समर्थन

वैशाख २५, काठमाडौ–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी २५ मे मा युक्रेनमा हुन लागेको राष्ट्रपतीको निर्वाचनलाइ समर्थन गर्नुभएको छ । उहाले राष्ट्रपतीको निर्वाचनलाइ उचित कदम भएको टिप्पणी गर्नुभएको छ । तर पुटिनले सबै जनताका अधिकार संरक्षण नगरिएसम्म निर्वाचनले मात्र केही नहुने पनि बताउनुभयो । पुटिनले दक्षिण पूर्वी युक्रेनका रुसी समर्थकलाई यो सप्ताहन्तका लागि तय गरिएको स्वतन्त्रता संग्रामका कार्यक्रम स्थगन गर्न पनि आग्रह गर्नुभएको छ ।