जापानी उपमन्त्री राजधानीमा

वैशाख २५, काठमाडौ–जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय प्रतिनीधिमण्डलको नेतृत्व गर्दै वुधवार काठमाडौ आइपुगेका छन ।
उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलले विहिवार राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासाग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहााले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसाग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ । तर दूतावासले भेटवार्ता गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छैन ।
टोलीले वुधवार नै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग भेटवार्ता गरीसकेको छ । टोलीको सम्मानमा नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौडैलले हिजो नै रात्रिभोजको आयोजना गर्नुभएको थियो ।