राष्ट्रिय सम्मेलनपछि एमाओवादीमा विवाद

वैशाख २४, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईसहित १५ जना नेताले राष्ट्रिय सम्मेलनको वन्दसत्रवाट वाहिरिएपछि एमाओवादीमा नयाा विवाद सुरु भएको छ ।
भट्टराई पक्षको बहिस्कारबीच पनि अध्यक्ष पुष्पकमल दाहाल पक्षले नयाा कार्यसमिति चयन गरेको छ । यसलाई दाहाल पक्षले राजनीतिक पार्टी फुटाउने चालबाजीका रुपमा लिएको छ । तर, एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले अहिले पार्टी फुटाउने कुनै योजना नभएको बताउनु भएको छ ।
विराटनगर राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले एकलौटी केन्द्रिय समिति चयन गरेको भन्दै पद लिन अस्वीकार गर्ने भट्टराई पक्षका नेता रायमाझीले पार्टीमा अझै बैचारिक बहस गरेर अगाडि बढ्ने एक संचार माध्यमलाई जानकारी दिनुभएको छ ।