नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघको अध्यक्षमा डा. महेन्द्र विष्ट विजयी भएका छन ।
राजधानीको प्रज्ञा भवनमा सम्पन्न मत गणना अनुसार समावेशी उपाध्यक्ष तर्फ अनिता विन्दु विजयी भएकी छन । अन्य वाकी पदमा वामपन्थी प्यानलका उमेदवार विजयी भएका छन ।
उपाध्यक्षमा प्रगतिशिलका उमेदवार खिल वहादुर भण्डारी विजयी भएका छन । उनले प्रतिद्धन्द्धी रामजी दहाललाइ ५ मतले मात्र पराजित गरेका छन । त्यस्तै प्रगतिशिलका प्रभात चलाउने ९ मतको अन्तरले विजयी वनेका छन । अध्यक्षमा भने झण्डै सय मतको परक परेको छ ।
महासचिवमा प्रगतिशिलकै उजिर मगर, सचिवमा संगीता खड्का विजयी वनेका छन । विन्दु वाहेक सम्पुर्ण पदाधीकारीमा प्रगतीशिल प्यानलले जितेका छन ।
यसै गरि उपत्याकामा संयुतm प्यानलका इश्वरी वाग्ले र रामहरि सिलवालले जितेका छन । पूर्वाञ्चलमा संयुतm प्यानलका गणेश पोखरेल र गणेश लम्सालले जितेका छन ।
मध्यपश्चिममा प्रगतिशिल समुहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी वनेका छन ।
पश्चिमाञ्चलमा प्रगतिशिल समुहका हरिनारायण गौतम र रुद्र भटले जितेका छन । कर्णालीमामा प्रगतीशिल प्यानलका नवराज महतरा, सुदुरपश्चिममा प्रकाश शाह र खगेन्द्र पन्तले जितेका छन । एशोसियटमा युनियनका उमेदवार प्रदीप न्यौपाने र प्रकास तिम्सिनाले जितेका छन । प्रतिष्ठान तर्फ सुरज आचार्य र रोशन पुरी विजय िवनेका छन ।