सिरियामा राष्ट्रपति निर्वाचनको लागि तीन जनाको उम्मेदवार

वैशाख २२, एजेन्सी–सिरियाको संवैधानिक अदालतले आगामी जुनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि तीन जना उम्मेदवारको नाम घोषणा गरेको छ ।
राष्ट्रपती पदको निर्वाचनको उमेदारमा हालका राष्ट्रपति बसार अल असदसहित माहेर अब्दुल हाजिफ हाजिर र हसन बिन अब्दुल्लाह अल नुरी रहेका छन् ।
हाजिर र नुरी सिरियालीको सांसद हुन् । आउदो जुन ३ मा सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ । राष्ट्रपति बसार अल असदको शासनविरुद्ध विद्रोहीहरुले देशभर प्रदर्शन जारी राखेकाले निर्वाचनमा सहभागि हुने मतदाताको संख्या भने यकिन भएको छैन् ।
असद विरुद्ध सिरियामा तीन वर्षदेखि जारी संघर्षमा झण्डै डेढ लाख जनता मारिएका छन् भने दश लाखभन्दा बढी सर्वसाधारण देश छाडेन बाध्य भएका छन् ।