मनाङ मस्र्याङ्दी आज मंगोलियाको इरचिम क्लबसंग भिड्दै

वैशाख २२, एजेन्सी–एएफसी प्रेसिडेन्ट कप फुटबलको फाईनल चरणमा पुगिसकेको मनाङ मस्र्याङ्दी क्लबले आज मंगोलियाको इरचिम क्लबसंग प्रतिष्पर्धा गर्ने भएको छ ।
समूह सी अन्तर्गत मंगोलियामा जारी प्रतियोगिताको अस्ती शनिबार भएको खेलमा घरेलु क्लब इरचिमले कम्बोडियाको सभरिङ क्लबलाई ३–१ गोलले हराएपछि मनाङ अघिल्लो चरणका लागि छानिएको हो । मनाङको जीतले नेपाललाई यस अघि नै फाईनल चरणमा प्रवेश गराएको थियो । सभरिङ क्लब भने फाईनल चरणबाट बाहिरीएको छ ।
समूह चरणको पहिलो खेलमा बिहिबार मनाङले सभरिङ फुटबल क्लबलाई ६–३ गोलले पराजित गरेको थियो । प्रेसिडेन्ट्स कपमा मनाङको यो दोस्रो सहभागिता हो । मनाङले यस अघि २००६ मा लिग बिजेताका रुपमा छनौट खेल खेले पनि त्यसलाई पार गर्न सकेको थिएन ।