प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ आज प्रचण्डले दिने

वैशाख २२, विराटनगर–नेकपा एमाओवादीको विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन माथिको आज पनि छलफल हुदैछ ।
सम्मेलनमा नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आ–आफ्ना धारणा राख्दैहुनुहुन्छ । भट्टराई र श्रेष्ठले आ—आफ्ना धारणा राखेपछि उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिनुहुनेछ । त्यस पछि राजनीतिक प्रतिवेदन पारित भएको घोषणा गरिने छ । हिजो पाच घन्टासम्म चलेको बन्दसत्रमा १८ समूहका नेताले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । अधिकासं नेताहरुले प्रत्यक्ष निर्वाचनको माध्यमबाट नया नेतृत्व चयन हुनुपर्ने धारणा राखेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।