नेपाल भारत सिमा नाका वन्द

वैशाख २२,वाके–आजदेखि भारतको उत्तराखण्डसंग सिमा जोडिएका नेपालको पश्चिमी नाकाहरु ६० घण्टाका लागि बन्द हुदैछन् । भारतको उत्तराखण्डमा सातौँ चरणको लोकसभा निर्वाचन हुन गइरहेकोले सुरक्षालाई दृष्टिगत गरी आज बेलुकादेखि विहिवार सम्म सीमा नाका बन्द हुने सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
लामो समय सीमा नाका बन्द हुने भएपछि भारतीय बजारमा निर्भर रहने दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नेपालीको दैनिकी प्रभावित हुने भएको छ ।