पत्रकार महासंघमा विष्ट नेतृत्वको अग्रता

वैशाख २२, काठमाडौ–नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि राजधानीमा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ ।

महासंघको आगामी नेतृत्वका लागि दुई प्यानल प्रतिष्पर्धामा उत्रिएको थियो । वामपन्थी पत्रकारहरुको तर्फबाट डा.महेन्द्र विष्ट तथा प्रजातन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण केसीले नेतृत्व गर्नुभएको छ ।
अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार प्रतिष्ठान शाखाबाट दुवैजना विष्ट प्यानलबाट विजय भएका छन् । एशोसियटमा भने केसी र विष्ट दुवैको नेतृत्वमा रहेका सदस्यहरु विजयी भएका छन् ।
प्रतिष्ठान शाखाबाट सुरज आचार्य र रोशन पुरी, एशोसियटमा प्रकाश तिमिल्सिना र प्रदिप न्यौपाने विजय भएका छन् । त्यस्तैगरी पुर्वाञ्चलमा गणेश पोखरेल र गणेश लम्साल, मध्येमाञ्चलमा शितल महतो र चिरिन्जिवी मास्के, पश्चिमाञ्चलमा हरिनारायण गौतम र रुद्र भट्ट, मध्येपश्चिमाञ्चलमा झलक गैरे र अजयदिप शर्मा, सुदुरपश्चिमाञ्चलमा प्रकाशविक्रम शाह र खगेन्द्र पन्त, उपत्यका ईश्वरी वाग्ले र रामहरी सिलवाल विजयी भएका छन् ।