बस दुर्घटनामा ६ जनाको मृत्यु, ३२ जना घाईते

वैशाख २२, सिन्धुली– काठमाडौंबाट सिन्धुली जाादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । वसमा सवार ६ जनाको मृत्यु र ३२ जना घाईते भएका छन् ।
बा २ ख ६६०६ नम्वरको बस सिन्धुलीको कमलामाई नगरपालिकास्थित कर्कलेमा दुर्घटना हुादा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु भएका मध्य ४ जनाको सनाखत भएको छ । दुर्घटनामा सिन्धुली आमबोटेका उद्धव पुलामी मगर र चित्रबहादुर पुलामी, सिन्धुली लामभण्डारका सुकुमाया तामाङ तथा हेटौडाका रामेश्वर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अरु दुई जनाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा घाइतेमध्ये ११ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ भने १० जनाको सिन्धुली जिल्ला अस्पताल, ८ जनाको धनुषाको लालगढ र ४ जनाको महोत्तरीको बदिर्वासमा उपचार भइरहेको सिन्धुली जिल्ला प्रहरीले जनाएको छ ।