जहाजको टिकट नपाएर विदेशी हैरान

वैशाख २१, लुक्ला–लाखौा रकम खर्चेर सगरमाथा आरोहण गर्न आएका विदेशी आरोही सगरमाथाको सेरोफेरोमा रमाए पनि काठमाडौा फर्कने टिकट समयमा नपाउादा हैरानीमा परेका छन । सगरमाथा आरोहण रद्द गरी आफ्नो देश फर्कने सिलसिलामा लुक्लामा टिकट नपाएपछि उनीहरूलाई समस्या थपिएको हो । आरोहण रद्द गरेर फर्केका पर्यटकका कारण लुक्लाबाट काठमाडाौ फर्कने हवाई टिकट पाउन मुस्किल छ ।
सगरमाथा आरोहण कार्यक्रम रद्द गरी फर्केका विदेशी आरोही, पथप्रदर्शक र आरोहण सहयोगीका कारण बैमौसमी यात्रुको चापले लुक्लाबाट काठमाडाौ फर्कने हवाई टिकट पाउन मुस्किल परेको सम्बन्धित एयरलाइन्सहरूले बताएका छन। हिमाल आरोहण गर्न नपाएका विदेशी आरोही तनावले ग्रस्त भएका छन । ‘ टिकट छैन भन्दा कुरा नबुझी उल्टै हकार्ने ेगरेको सिम्रिक एयर लुक्लाका एक कर्मचारी बताउाछन् । हप्तौा अगाडिदेखि नै आरोहण त्यागेर फर्केका आरोहीले यतिबेला लुक्ला बजार भरिएका छन् । काठमाडाौ फर्किन नपाउादा लुक्लामा पर्यटकको चाप बढ्न थालेको नर्थ फेस रिसोर्ट लुक्लाका नुरी शेर्पाले बताउनुभयो ।