हुने कामलाई पनि आलटाल गरी जनतालाई असन्तुष्ट नगर्नु –उपप्रधानमन्त्री

वैशाख २१, काठमाडौ–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रसेवक कर्मचारीलाई नियम कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको छ । कर्णाली रोजगार कार्यक्रम अनुगमन तथा पााचवर्षे आवधिक योजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री सिंहले कर्मचारीलाई जनताको हितमा काम गर्न, हुने कामलाई पनि आलटाल गरी सेवाग्राहीलाई असन्तुष्ट नगर्न र कसैको दबाबमा रहेर काम नगर्न निर्देशन दिनुभएको हो । मन्त्री सिंहले गाविस हकहित संरक्षणका अध्यक्ष सुरतबहादुर रावतलाई पााचवर्षे आवधिक योजना हस्तान्तरण गर्नुभएको थियो ।