वैशाख २०, एजेन्सी–अफगानिस्तानको उत्तरपूर्वी बदख्सा क्षेत्रमा गएको पहिरोमा परी ३ सय ५० भन्दा बढि व्यक्तीको मृत्यु भएको छ । पहिरोमा परी दुई हजारभन्दा बढि व्यक्ती बेपत्ता भएका छन् । बदख्सा प्रान्तका गर्वनरका अनुसार मुसलधारे पानीसंगै एक पहाड भत्किादा एउटौ गााउ नै पुरिएको हो । पहिरोले सयौं घर पुरिएका छन् भने हजारौं घर प्रभावित भएका छन् । सरकारले परिचालन गरेको उद्धार टोलीले उद्धार कार्य जारी राखेको अधिकारीहरुको भनाई छ । शुक्रबार हिाजो अफगानिस्तानमा सार्वजनिक बिदा भएकाले सबै नागरिक घरमै रहेका बेला पहिरो गएको थियो । बदख्साका प्रहरी प्रमुख फजलुद्धिन आयाजका अनुसार २ सय १५ घर परिवार एउटा पहाडको मुनि च्यापिएका छन् । उनका अनुसार पहिरोले च्यापिएको ठाउाका मानिसलाई जिवितै उद्धार गर्न निकै कठिन छ । त्यहाा बर्षा जारी रहेकाले पहिरो थपिने सम्भावना छ । तग हप्ता सोहि क्षेत्रमा गएको पहिरोमा परी १ सय ५० भन्दा बढि व्यक्तीको मृत्यु भएको थियो ।