एमाओवादी राजनीतिक प्रस्तावको छलफलमा

एमाओवादी राजनीतिक प्रस्तावको छलफलमा ucpn maobadi

वैशाख २०, विराटनगर–नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा विराटनगरमा जारी छ । आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका नेताहरुको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी न हाास न कौवाको चालजस्तो अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ । उहााले नेता बाबुराम भट्टराईले अघि सारेको नयाा शक्तिलाई भने ठाडै अस्वीकार गर्नुभएको छ । आज केहीबेरपछि सुरु हुने बन्द सत्रमा दाहालको राजनीतिक प्रतिवेदन पेस हुने भएको छ । एमाओवादीका नेता हरिबोल गजुरेलले विराटनगरमा जारी राष्ट्रिय सम्मलेनले विशेष महाधिबेशनका लागि बाटो खुला भएको बताउनुभएको छ । पार्टी भित्र आपसि मतभेद भएपनि अहिले एउटै प्रतिबेदन पेश भएको र असहमतिका बुदााहरु आउदो विशेष महाधिबेशनले टुंगो लगाउने संचार माध्यमलाई नेपालबाणी जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिबेदनमा एकीकृत माओवादीलाई पुरानै क्रान्तिकारी धारमा फर्काउने गरी आएको नेता गजुरेलले जानकारी दिनुभयो । संसदीय अभ्यासमा फसिसकेको माओवादी कसरी पुरानै धारमा जाला भन्ने संचारकर्मीको जिज्ञाषामा नेता गजुरेलले अहिले सक्रमणकालिन अबस्थामा रहेकाले माओवादीले पुरानै साख फर्काउने गरि काम गर्ने बताउनुभयो ।