पत्रकार महासंघको २४ औं महाविधेशन राजधानीमा सुरु

fnj logo
वैशाख २०, काठमाडौ–नेपाल पत्रकार महासंघको २४ औं महाविधेशन आजैदेखि राजधानीमा सुरु भएकोछ । विहान ९ वजे प्रधानमन्त्री सुशील कोइरालाले महाधिवेशनको उद्घाटन गर्नु भएको छ । केहीवेर अघि भृकुटी मण्डपवाट महासंघले प्रभातफेरी निकालेको छ ।

संविधानसभा मार्फत एक वर्ष भित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताकने रक्षा र श्रमजीवि प्रत्रकारको हितमा हाम्रो अभियान भन्ने नरा सहित हुन लागेको महाधिवेशनले आगामी वषका लागि नयाा नेतृत्व चयन गर्ने छ । महासंघको महाधिवेशन भोली सकिनेछ । महासंघको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिष्पर्धा हुादैछ । आ–आफ्नो पक्षमा निर्वाचनको वातावरण बनाउन दुवै पक्षका उम्मेदवार अहिले पनि सक्रिय छन् । नेपाल प्रेस युनियनले पोषण केसीको नेतृत्वमा एकल प्यानल प्रतिष्पर्धामा उत्रेको छ भने प्रेस चौतारि, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघबीच भएको तालमेलको नेतृत्व महेन्द्र विष्टले गर्नुभएको छ । यसैबीच सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामन दिादै विकासका लागि स्वतन्त्रता अपरिहार्य भएको बताउनुभएको छ । एक संचरमाध्यम सित कुरा गर्दै मन्त्रि रिजालले स्वतन्त्रता विना आर्थिक विकास सम्भब नभएको बताउनुभयो । प्रेस जगत बलियो भयो भने मात्रै जनताले आफ्ना हक अधिकार र कर्तव्यको राम्रो उपयोग गर्नेमा सहमति जनाउदै मन्त्रि रिजालले सञ्चार क्षेत्रको विकासकालागि सरकारले विशेष पहल गर्नेमा जोड दिनुभयो । विगतको तुलनामा प्रेस स्वतन्त्रता उल्घनका घटना कम भएपनि त्यसलाई निमिट्यान्न पार्नुनै सरकारको अर्को दायित्व भएको पनि उल्लेख गर्नुभयो ।