डिजेल चोरीमा संलग्न ट्याङ्करसंगको सम्झौता निलम्बन

deselवैशाख १९, रुपन्देही–रुपन्देहीको पडसरी र मधवलीया क्षेत्रमा ठूलो परिमाणमा डिजेल चोरीमा संलग्न १९ वटा ट्याङ्कर सञ्चालकमाथि आयल निगमले कारवाही चलाएको छ ।
निगमले भारतको बेतालपुर डिपोबाट निगमको पश्चिमाञ्चल डिपोसम्म ल्याउने क्रममा १७ हजार लिटर बढी डिजेल चोरीमा संलग्न ट्याङ्करसंगको सम्झौता निलम्बन गरेको हो । निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भवलबारीको मातहत रहने गरी सञ्चालनमा रहेका ट्याङ्करले निगममा तेल बुझाउनुअघि सङ्गठितरूपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेको जनाउादै आठजना सञ्चालकका १९ वटा ट्याङ्करमाथि कारवाही थालेको हो । डिजल चोरी काण्डका आरोपी पडसरी १ का मुख्य नाइके विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलीया ३ का विक्की क्षेत्री फरार रहेको छन् । उनका अनुसार यी डिजल माफियाहरुको कालो कार्तुत सार्वजनिक भए लगतै यीनीहरु फरार भएको र खोजी कार्य तिव्र रुपमा अगाडि बढेको छ । नाम उल्लेख नगरिदने सर्तमा एक प्रहरी कर्मचारीले भने प्रहरीले सम्बन्धित स्थानमा छापा मारे लगत्तै डिजल माफियाहरु रातो कलरको गाडीमा फरार भएका हुन् । प्रहरी अनुसन्धानमा लु १ ख ६६१६ र लु १ ख ८१०३ नम्बरको टैंकर राजेश कुमार गौचन, ना २ ख १८४४ नम्बरको टैंकर हरिबहादुर कुवर, लु १ ख ६४८८ नम्बरको टैंकर बुटवल निवासी रुद्र शर्मा, लु १ ख ६६०४ नम्बरको टैंकर दयाशंकर कशौधनको रहेको खुलेको छ । त्यसैगरी लु १ ख ६५०८ र ना ३ ख ९७८ नम्बरको टैंकर बुटवल निवासी चोपनारायण श्रेष्ठ, लु १ ख २७९१ नम्बरको टैंकर बुटवल निवासी दिनेश गैरे, लु १ ख ६६८३ नम्बरको टैंकर दिपेन्द्र चौधरी र लु १ ख ६६०१ पकडी निवासी लक्की चौधरीको रहको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी अनुसन्धान अधिकृत प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । उनका भने डिजल माफियासगौ टैंकर मालिकहरु समेत फरार रहेको र खोजीकार्य जारी रहेको छ ।