चट्याङबाट मकवानपुरमा एकजनाको मृत्यु

phunderstromवैशाख १९, मकवानपुर– गतराती आएको हुरीबतास र वर्षासागै परेको चट्याङले मकवानपुरमा एकजनाको ज्यान लिएको छ । चारजना घाइते भएका छन् ।
मकवानपुर नामटार गाविस–१ का वीरबहादुर गोलेको घरमा गएराति चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुर्‍याएको छ ।
यसैगरी गएराति नै चुरिमाइ गाविस–४ का हर्कबहादुर घिसिङको घरमा चट्याङ पर्दा घरमा रहेको चारजना घाइते भएका छन् । उनीहरुको हेटौाडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।