‘हामी बाच्यौ’ नाटक अभियान सम्पन्न

वैशाख १९, नुवाकोट–नुवाकोट र रसुवाको विभिन्न स्थानमा डबली नाट्य समूहले सुरु गरेको ‘हामी बाच्यौ’ नाटक आज सकिएको छ । बुधबारदेखि सुरु भएको नाटक नुवाकोट र रसुवाको विभिन्न पााच स्थानमा देखाएसंगै आजदेखि सकिएको हो । ‘नेपाल रेडक्रस सोसाइटी विद्यालय सुरक्षाको लागि विपत पूर्व तयारी’ कार्यक्रम नुवाकोट र रसुवाको सयुक्त आयोजनामा जारी रहेको नाटक अन्तरगत आज रसुवाको स्याप्रुबेशी बजार र रसुवाको सदरमुकाम धुञ्चे बजारमा देखाएसगै नाटक अभियान सम्पन्न भएको हो । नाटक अन्तरगत पहिलो दिन नुवाकाट आदर्श बहुमुखी क्याम्पस बट्टार, त्रिशुली बसपार्क, देवीघाट र वेत्रावती बजार, दोस्रो दिन हिजो खरानीटारको खरानीटार बजार, सातबिसेको सातविसे बजार, कालिकास्थान र निलकण्ठ नमूना उच्चमाबि जिबिजिबेमा नाटक प्रस्तुत गरिएको थियो । विपद्को पूर्व तयारी तथा विपद्को समयमा कसरी ज्यान जोगाउने भन्ने सन्देश बोकेको नाटक ‘हामी बाच्यौ’ले दिने कलाकार सुरवीर पण्डितले जानकारी दिनुभएको छ । नाटकमा कलाकार सुरवीर पण्डित सहित प्रमी मास्के, निशा पाख्रिन र जीवन श्रेष्ठले अभिनय गर्नुभएको थियो । करिब ४५ मिनेटको सडक नाटकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएको ‘विद्यालय सुरक्षाका लागि विपद् पूर्व तयारी कार्यक्रम’ अन्तरगत स्थानीयलाई जनचेतना पुर्‍याउन मनोरञ्जनात्मक रुपमा प्रस्तुतीहरु सग्रहित गरिएको ‘विद्यालय सुरक्षाका लागि विपद् पूर्व तयारी कार्यक्रम’ नुवाकोटका कार्यक्रम अधिकृत उद्धबराज अवस्थीले जानकारी दिनुभएको छ । कलाकारहरुले नाटक मार्फत कमजोर भवन संरचनाको निर्माण, भूकम्प आउदााको समयमा सुरक्षित स्थानमा गएर बस्नुभन्दा अनवाश्यक रुपमा गरिने भागदौड, विपद्को समयमा अत्यावश्यक पर्ने समाग्रिको पहिले नै जोडजाम लगायतको पक्षलाई उतारेका छन् । नाटक.. ‘विद्यालय सुरक्षाका लागि विपद् पूर्व तयारी कार्यक्रम’ रसुवा नुवाकोटको सयुक्त आयोजनामा सञ्चालित नाटक प्रस्तुतगर्न अमेरिकन रेडक्रस, नेपाल रेडक्रस सोसाइटी, भूकम्पीय प्रविधि राष्ट्रिय समाज नेपालले सहयोग पुर्‍याएको थियो ।