प्रेसिडन्टकप छनौट फुटबल

वैशाख १८, एजेन्सी– एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगिताका समूह चरणमा आज नेपाललको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले स्भाय रेइङविरुद्ध भिड्ने भएको छ । मंगोलियामा सुरुहुने प्रतियोगितामा नेपालले दोस्रो चरण प्रबेश गर्ने लक्ष्य लिएर सवै खेलमा मैदान उत्रन कप्तान सागर थापाले बताएका छन् । सवै देशका लिग विजेता विचको प्रतिस्पर्धामा उत्कृष्ट दुई टिम अन्तिम चरणमा पुग्ने छन् । मनाङले यसअघि सन् २००६ मा बैककमा सहभागि हुदा पहिलो चरणबाटै बाहिरिएको थियो । सर्वाधिक ४ पटक सहभागि भएको नेपाल पुलिस क्लब सन २००९ मा भने फाइनल सम्म पुगेको थियो ।  नेपाली समय अनुसार आजको खेल दिउासो पौने तीन बजे देखि मंगोलियको कृत्रिम मैदानमा प्रतिस्पर्धा हुने छ ।