रेल्वे स्टेशनमा बम बिस्फोट ३ जना मृत्यु

वैशाख १८, एजेन्सी–चीनको सिनजियाङ प्रान्तको रेल्वे स्टेसनमा आतंकबादीले बम विस्फोट गराउादा तीन जनाको मृत्यु भएको छ ।
बम विस्फोट भए लगत्तै चीनले कडा सुरक्षा रणनीति अबलम्बन गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले  जनाएका छन् ।
राष्ट्रपति सी जिनपिङले सिनिजियाङ प्रान्तको भ्रमण सके लगत्तै व्यस्त रेल्वे स्टेसनमा विस्फोट भएको थियो ।
३ जना मारिएका थिए भने ९७ घाइते भएका थिए । उरुम्की सहरको दक्षिणी क्षेत्रमा रहेको रेल्वे स्टेसनमा आक्रमणकारीले चक्कुले सर्वसाधारणलाई आक्रमण गर्नुका साथै विस्फोटहरु गराएका थिए ।
राष्ट्रपति सीले विस्फोटमा आतंकवादीहरुको हात रहेको भन्दै उनीहरुमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन् ।
विस्फोटमा अल्संख्यक उइगुर मुस्लिम समुदायको हात रहेको आशंका गरिएको छ ।